अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४४ | Colorodo: 10:59

सन्नी लियोन नेपालमा

बिआरटीनेपाल २०७६ भदौ २८ गते १:११ मा प्रकाशित

चलचित्रको ‘पासवर्ड’ को प्रिमियर शो मा सहभागी हुन बलिउड स्टार सन्नी लियोन नेपाल आएकी छन्। शुक्रबार साँझ कुमारी हलमा भएको प्रिमियरमा आएकी सन्नीले नेपाली चलचित्रको गीतमा नाँच्दाको अनुभव सुनाएकी छिन् ।

‘मलाई गीत एकदमै मन परेको छ, भाषा त म बुझ्दिन तर मैले यो गीत लाखौँपल्ट सुनेर स्मरण गरेँ।’ चलचित्र पासवर्डको आइटम गीत ‘सन्नी मेरो नाम’ मा उनी नाँचेकी छन् । यो चलचित्र शुक्रबारदेखि देशभर प्रर्दशन भएको छ। सन्नीले यो चलचित्र १५ मिनेट हलमा बसेर हेरिन् र निश्किइन्।

प्रिमियरमा सबैलाई सम्बोधन गर्दै सन्नीले भनेकी छिन् ‘नेपाल मलाई विश्वमै असाध्यै मन पर्ने देश हो, यहाँ म आउन पाउँदा खुशी छु। यो सुन्दर समय यहाँ बिताउन पाउँदा एकदमै उत्साहित छु।’ उनले चलचित्रका निर्देशकलाई धन्यवाद दिइन् र चलचित्र सफलताको शुभकामना दिएकी छिन् । चलचित्रको प्रिमियरको लागि नेपाल आएकी सन्नी शनिबार भारत फर्कने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू