अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५१ | Colorodo: 02:06

जो बाइडेन रेस्लिङ्गका लागि पनि तयार !

बिआरटीनेपाल २०७६ भदौ २८ गते १:११ मा प्रकाशित

आउँदो वर्ष अमेरिकामा हुने राष्ट्रपति चुनावका लागि डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवार बन्ने होडमा सबैभन्दा अघि रहेका पूर्व उपराष्ट्रपति जो बाइडेनको उमेरलाई लिएर विभिन्न टिकाटिप्पणी हुने गरेका छन् ।

उम्मेदवार बन्ने होडमा रहेका युवा नेताहरुले उहाँको उमेर अधिक रहेको भन्दै उमेरकै कारण बाइडेन राष्ट्रपति बन्नका लागि योग्य नरहेको बताउने गरेका छन् । तर बाइडेनले भने आफ्नो उमेरका बारेमा गरिएको प्रश्नलाई व्यंग्यात्मक रुपमा खारेज गर्नुभएको छ ।

पूर्व उपराष्ट्रपति बाइडेन हाल ७६ वर्षको हुनुहुन्छ । उहाँले चुनावअघि आफ्नो स्वास्थ्यका अवस्थाका बारेमा सबै जानकारी सार्वजनिक गर्ने पनि बताउदै आउनुभएको छ । बाइडेनले एक पत्रकारसँग आफू रेस्लिङ्ग खेल्नका लागि तयार रहेको भनेर व्यंग्य गर्नुभएको हो ।

नेपाली समय अनुसार शुक्रबार बिहान भएको तेस्रो चरणको टेलिभिजन बहसको क्रममा बाइडेनको उमेरका बारेमा नेताहरुले टिप्पणी गरेका थिए । उम्मेदवार बन्ने होडमा रहेका युवा नेता जुलियन क्यास्ट्रोले बहसको क्रममा बाइडेनमाथि केही मिनेटअघि भनेको कुरा बिर्सिएको आरोप लगाउनुभएको थियो ।

बाइडेन राष्ट्रपतिमा निर्वाचित भएमा अमेरिकाको इतिहासमा सबैभन्दा बढी उमेरका राष्ट्रपति बन्नुहुनेछ । उम्मेवारीको होडमा सामेल हुनु पूर्व बाइडेनले आफ्नो उमेर उम्मेदवारीको होडमा सबैभन्दा चर्चाको विषय बन्ने बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू