अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४५ | Colorodo: 07:00

टर्कीका पुर्व प्रधानमन्त्रीले नयाँ पार्टी खोल्ने

बिआरटीनेपाल २०७६ भदौ २८ गते १:०२ मा प्रकाशित

टर्कीका पूर्व प्रधानमन्त्री अहमेत डेभुतोग्लुले नयाँ पार्टी खोल्ने घोषणा गर्नुभएको छ । उहाँले त्यसलाई वर्तमान चुनौतीहरू विरूद्धको नयाँ राजनीतिक आन्दोलनको संज्ञा दिनुभएको छ । उहाँको आन्दोलन वर्तमान राष्ट्रपति तथा आफ्नै पूर्व मित्र रेसेप तैयप एर्दोगान विरुद्ध हुने देखिएको छ ।

राष्ट्रपति एर्दोगानविरुद्ध पछिल्ला केही महिना आफ्नै पूर्व मित्रहरू उत्रिने क्रम चलिरहेको छ । टर्कीको सत्ताधारी दल ‘जस्टिस एण्ड डेभलपमेन्ट’ पार्टीमा राष्ट्रपति एर्दोगानले स्वतन्त्रता, न्याय र अर्थतन्त्रको लागि राम्रो भूमिका नखेलेको नेताहरूको आरोप छ । “देशको हितका लागि हामीले ऐतिहासिक जिम्मेवारी र दायित्व बहन गर्नुपर्ने आवश्यकता सिर्जना भएकाले नयाँ अभियान चलाउन लागिएको हो,” डेभुतोग्लुले भन्नुभयो ।

उहाँ यसअघि पार्टीको अध्यक्ष र विदेश मन्त्री भइसक्नुभएको थियो । त्यसपछि प्रधानमन्त्री बन्नु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू