अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१३ | Colorodo: 03:28

बोरिस जोनसनले गलत काम गरेको बेलायती पुर्व प्रधानमन्त्री डेविड क्यामरुनको आरोप

बिआरटीनेपाल २०७६ भदौ २८ गते ०:५६ मा प्रकाशित

बेलायतका पूर्वप्रधानमन्त्री डेविड क्यामरुनले वर्तमान प्रधानमन्त्री बोरिस जोनसनले गलत काम गरेको आरोप लगाउनुभएको छ । उहाँले प्रधानमन्त्री जोनसन र माइकल गोभले जनमत संग्रहका क्रममा गलत व्यवहार देखाएको आरोप लगाउनुभएको हो ।

क्यामरुनले जनमत संग्रहलाई नकार्न नसकिने भएकाले त्यसको नतिजा स्वीकार गर्न प्रधानमन्त्री जोनसनलाई सुझावसमेत दिनुभएको छ । प्रधानमन्त्री जोनसनले ब्रेक्जिटका विषयमा सरकारले चालेको कदमको पनि क्यामरुनले बिरोध गर्नुभएको छ ।

उहाँले अक्टुबार १ सम्म संसद निलम्बन गर्ने प्रधानमन्त्री जोनसनको निर्णयको समेत आलोचना गर्नुभयो । प्रधानमन्त्री जोनसन आफ्नै रणनीतिका कारण असफल हुने संकेत देखिएको क्यामरुनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू