अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५७ | Colorodo: 12:12

शनिवार देशका अधिकांश स्थानमा बर्षा हुने

बिआरटीनेपाल २०७६ भदौ २८ गते ०:१४ मा प्रकाशित

शनिबार देशभरका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली भई थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनसार देशभरी सामान्य बदली रही केही स्थानमा मेघ गर्जन–चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका पहाडि भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

यस्तै, राति देशभरी सामान्य बदली रही केही स्थानमा मेघ गर्जन–चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका पहाडि भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी न्यूनचापीय रेखा अहिल औसत स्थानको आसपासमा रहेको छ। साथै, भारतको मध्य प्रदेशको उत्तरी भाग तथा उत्तर प्रदेशको दक्षिण भागमा एउटा निम्न चापीय प्रणाली अवस्थित रहेकाले बंगालको खाडिबाट आएको जलबास्प युक्त हावाको प्रभावका कारण देशभर मौसमी गतिबिधि बढिरहेको छ ।

देशका केही स्थानमा मेघ गर्जन–चट्टयांगसहित वर्षाको सम्भावना छ । साथै पहाडी भू–भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना भएकोले पहिरो जानसक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउन मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू