अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३५ | Colorodo: 23:50

मेरो उद्देश्य अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्ने होइनः नेकपा अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७६ भदौ २८ गते ०:०७ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो उद्धेश्य मुलुकको अन्तर्राष्ट्रिय सम्वन्ध बिगार्ने नरहेको स्पष्ट पार्नुभएको छ । इलाम सदरमुकाममा शनिबार बिहान पत्रकारसँग कुरा गर्दै उहाँले आफ्नो उद्देश्य अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्ने नभएको भन्दै अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा राखेको विषय वास्तविकताभन्दा भिन्न भएर बाहिर आएको बताउनुभयो । केही दिनअघि चिनियाँ विदेशमन्त्रीको भेटमा आफूले अमेरिकाको नेतृत्वमा सञ्चालित इन्डो प्यासिफिक सैन्य गठबन्धनबारे दिएको अभिव्यक्तिको सन्दर्भमा इलामका पत्रकारहरुको प्रश्नको उत्तर दिँदै प्रचण्डले यस्तो बताउनुभएको हो ।

“म सबै राष्ट्रसँग समान सम्बन्ध भएको देख्न चाहन्छु”, उहाँले भन्नुभयो , “कुनै देशको नीतिविरुद्ध र राष्ट्रको अहित हुने कुरा बोलें भन्नु निराधार हुन्छ ।” सो अवसरमा उहाँले वर्तमान सरकार सक्रियरूपमा जनताको काम गर्न कटिबद्ध रहेको समेत बताउनुभयो ।

नयाँ नेपालमा नयाँ व्यवस्था शुरु भएकाले परिवर्तन नदेखिएको तर अब नतिजामुखी काम गर्न सरकार तत्पर रहेको प्रचण्डको भनाई थियो । अध्यक्ष प्रचण्डले पार्टीमा गुटउपगुट भएको खण्डमा पार्टी नै ध्वस्त हुने उल्लेख गर्दै नेता केन्द्रित र गुट केन्द्रित पद्धतीले आफैँलाई सक्ने भन्दै जिम्मेवारीका आधारमा पार्टी चल्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले संविधान निर्माणसमेत अहिलेका एकता भएका दुई शक्तिका कारण मात्र भएको स्मरण गर्नुभयो । पहिलो संविधानसभा विघटनपछि दोस्रो संविधानसभासमेत विघटन गर्न देशभित्र तथा बाहिरका शक्ति लागेपनि तत्कालीन एमाले र तत्कालीन माओवादीका कारण संविधान निर्माण भएको उहाको दावी थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू