अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१० | Colorodo: 20:25

भर्जिनियामा आदर्श नेपाली समाजको कार्य समिति पुनर्गठन, अध्यक्षमा तोया पौड्याल

बिआरटीनेपाल २०७६ भदौ २७ गते १०:१४ मा प्रकाशित

अमेरिकाको भर्जिनियामा ३ वर्ष अघि स्थापित आदर्श नेपाली समाजको अध्यक्षमा सर्वसम्मत रुपमा हर्नडन निवासी तोया पौड्याल निर्वाचित हुनुभएको छ । समितिको उपाध्यक्षमा मोहन उप्रेती, सचिव चिरिन्जिवी लामिछाने, कोषाध्यक्ष सुशिला खनाल, उपसचिव रूद्र ढुंगेल र कार्यसमिति सदस्यहरुमा विमल आचार्य, अर्जुन सिग्देल, बसन्त पौडेल, सम्झना अर्याल घिमिरे, सरला भण्डारी र भूमा खरेल चयन हुनुभएको छ ।

समितिको सल्लाहकारहरुमा पर्शुराम भण्डारी, डा. मदन उप्रेती, गुणराज लुइटेल, गोविन्द सुवेदी, ठाकुर ढकाल, प्रदीप ढकाल, राजेन्द्र खनाल, बिना गेलाल, नारायण पौडेल, सुदीपभद्र खनाल, बन्नी प्रधान र कृष्ण खनाल रहनुभएको छ ।

यसैगरी सो समाजले संचालन गर्दै आएको नेपाली स्कूल संचालन गर्नको लागि आरती सिग्देलको संयोजकत्वमा सरला भण्डारी, सुशिला भण्डारी, सरला कार्की, हरि पौडेल, दुर्गा पौडेल, सुमित श्रेÞष्ठ, अनिता ढकाल, राजेश क्षेत्री, टीका कार्की, जयन्ती विष्ट र घनेन्द्र फागो रहेको संचालक समिति चयन गरिएको छ ।

प्रतिक्रिया