अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३९ | Colorodo: 23:54

मनाङको हुम्डेमा जहाज अवतरण

बिआरटीनेपाल २०७६ भदौ २७ गते १०:११ मा प्रकाशित

घोषणा मितिको आठ महिनापछि शुक्रबार पोखरादेखि मनाङको हुम्डे विमानस्थलमा जहाज अवतरण छ । २०७१ वैशाखदेखि मनाङको एकमात्र विमानस्थल हुम्डे गौचरन बन्न पुगेको थियो ।

प्रदेश सरकार गठनयता प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले गत पुस २४ गते मिति नै घोषणा गरेर हप्तामा दुईपटक उडान भर्ने घोषणा गर्नुभएको थियो । तर, त्यसको ८ महिनापछिमात्रै प्रदेश सरकारका प्रमुखदेखि विभागीयमन्त्री, मनाङका प्रतिनिधीसभा सदस्य सहितको टोली पोखरादेखि हुम्डेसम्मको यात्रा गर्नुभएको हो ।

समिट एयरको विमानबाट हुम्डे पुग्नुभएका प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यसलाई नियमित गर्न सहयोगको जरुरी रहेको बताउनुभयो । सरकारका तर्फबाट पनि सबै खालको सहयोग हुने उहाको भनाई थियो ।

आयोजित प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले आगामी असोज १० गते परेको अन्तर्राष्ट्रिय पर्यटन दिवसबाट विमानस्थलमा नियमित उडान गराउने तयारी भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू