अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१३ | Colorodo: 00:28

बाँकेमा आक्रमण गर्नेलाई कारबाही नभए सदन चल्न दिदैनौं– सभापति देउवा

बिआरटीनेपाल २०७६ भदौ २७ गते ९:५९ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाँकेमा कांग्रेसको कार्यक्रममा आक्रमण गर्नेलाई कारबाही नभएसम्म सदन चल्न नदिने बताउनुभएको छ । शुक्रबार दाङको घोराहीमा बिपी कोइरालाको शालिक अनावरण कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका देउवाले हिजो बाँकेमा आयोजना गरिएको जागरणसभामा आक्रमण गर्ने दोषीलाई कारवाही गर्न सरकारलाई आग्रह गर्नुभयो ।

दोषीलाई पक्राउ गरी कारबाही नगरे बाँकेका प्रहरी प्रमुख र सिडिओलाई बोलाएर वयान लिने उहाको चेतावनी थियो । लोकतन्त्रमा शान्तिपूर्ण रुपमा कार्यक्रम गर्ने र आफ्ना कुरा राख्न पाउने अधिकार सबैलाई भएपनि अधिनायकवादी सोच भएकाहरुले कोठा भित्रै भएको कार्यक्रममा प्रवेश गरी पार्टी सभापति समेतको हात भाँच्नुले लोकतन्त्र छ भन्ने आधारहरु नरहेको सभापति देउवाले तर्क गर्नुभयो ।

कम्युनिष्ट सरकार र कम्युनिष्ट व्यवस्था फरक कुरा भएको भन्दै देउवाले कम्युनिष्ट व्यवस्था एकदलीय अधिनायकवादी हुने ठहर गर्नुभयो । अहिलेको सरकारले स्वतन्त्र प्रेस, सूचनाको हक, मानवअधिकार आयोग लगायतलाई कुण्ठित पार्न खोजेको हुँदा यो सरकार पनि अधिनायकबादी चरित्रको भएको उहाको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू