अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०३ | Colorodo: 17:18

एएफसी यू– १६ च्याम्पियनसिप छनोटमा नेपाल शनिवार जोर्डनको सामना गर्दै

बिआरटीनेपाल २०७६ भदौ २७ गते ९:५५ मा प्रकाशित

एएफसी य– १६ च्याम्पियनसिप छनोट अन्तगर्त समुह ए मा रहेको नेपाल भोलि (शनिवार) पहिलो खेलमा बलियो प्रतिद्वन्दी जोर्डनको सामना गर्दैछ । भदौ दोस्रो साता भारतमा सम्पन्न यू– १५ साफ च्याम्पियनसिपमा उपविजेता बनेको त्यही टोली एएफसी यू– १६ च्याम्पियनसिप छनोटमा जोर्डनको सामना गर्न लागेको हो ।

साफ खेलेका तीन खेलाडी भने बढि उमेरका कारण टोलीमा समावेश छैनन् । कप्तान प्रदिप लम्सालसँगै असिम राइ र इश्वर गुरुङको एमआरआई परीक्षणमा उमेर बढी देखिएपछि टोलीमा समावेश नगरिएको हो ।

असम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तराष्ट्रिय रंगशालामा हुने पहिलो खेलमा धेरै चुनौति सामना गर्नुपर्ने नेपालका प्रशिक्षक सुनिल श्रेष्ठले बताउनुभयो । छनोटबाट समूह विजेता र उपविजेता टोली अर्को वर्ष हुने च्याम्पियनसिपका लागि छनोट हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू