अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५० | Colorodo: 03:05

पाल्पामा पहिरोले जीप पुरिँदा एकको मृत्यु

बिआरटीनेपाल २०७६ भदौ २७ गते ९:४८ मा प्रकाशित

पाल्पामा पहिरो झरेर जीप पुरिँदा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा चार जना घाइते भएका छन् । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा- बुटवल सडकखण्डको तिनाउ गाउँपालिका– ३ हेडबक्स नजिक बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ ज २६१७ नं को जीप र पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु २ च ५९३८ नं को स्कारपियो पहिरोले पुरिएका हुन् ।

मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाका २६ वर्षीय कमल परियार रहेको प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिनुभयो । दुर्घटनामा तिलोत्तमा–२ का ३१ वर्षीय ललित मल्ल र वडा नं ९ का २२ वर्षीय प्रेम सुनार, बुटवल उपमहानगरपालिका–२ का २० वर्षीय मिलन शाह तथा वडा नं १२ का नरेन्द्र हमाल घाइते भएका छन् । पहिरो हटाइएपछि अवरुद्ध सिद्धार्थ राजमार्ग सञ्चालनमा आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू