अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५६ | Colorodo: 01:11

विश्वकप बास्केटबल– साविक विजेता अमेरिका लगातार पराजित

बिआरटीनेपाल २०७६ भदौ २७ गते ९:३७ मा प्रकाशित

बास्केटबल विश्वकपमा साविक विजेता अमेरिकाले लगातार दोस्रो हार भोगेको छ । क्वाटरफाईनलमा फ्रान्ससँग पराजित भएको अमेरिकालाई पाँचौ स्थानका लागि भएको प्ले–अफ् खेलमा सर्वियाले ९४–८९ को स्कोरमा पराजित गर्यो ।

सन् २००६ देखि कुनैपनि खेल नहारेको अमेरिकाले पछिल्लो तिन दिनमा दुई हार व्यहोरेको हो । अमेरिकाले अब सातौं र आठौं स्थानको लागि हुने प्ले–अफ् खेलमा पोल्याण्डको सामना गर्नेछ । हिजो भएको अर्को खेलमा चेक रिपब्लीकले पोल्याण्डलाई ९४–८४ ले हराएको थियो ।

बास्केटबल विश्वकपका सेमिफाइनल खेलहरु आज हुँदैछन् । सेमिफाइनलमा स्पेन र अष्ट्रेलिया तथा अर्जेन्टिना र फ्रान्स भिड्नेछन् ।

प्रतिक्रिया