अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५८ | Colorodo: 23:13

बेलायतका प्रधानमन्त्री जोनसनलाई झुट बोलेको आरोप

बिआरटीनेपाल २०७६ भदौ २७ गते ९:३४ मा प्रकाशित

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले महारानी इलिजावेथकै सल्लाहमा संसद निलम्बन गरेको स्पष्ट पार्नुभएकोे छ । स्कटल्याण्डको एक अदालतले संसद निलम्बन गर्नु गैरकानूनी भएको फैसला सुनाए लगत्तै प्रधानमन्त्री जोनसनको यस्तो प्रतिक्रिया आएको हो ।

जोनसनले संवाददाताहरुसँग आफूले निलम्बनबारे झुट नबोलेको स्पष्ट पारेको बिबिसीले जनाएको छ । प्रधानन्त्री जोनसनले उक्त अदालतले गरेको निर्णयको सम्मान गरेको बताउनुभएको छ । उहाँले इङल्याण्डको उच्च अदालत आफूहरुसँग सहमत भएपनि उच्च अदालतको फैसला आउन बाँकी रहेको स्पष्ट पार्नुभयो । पाँच हप्ताका लागि निलम्बन गरिएको बेलायतको संसद अक्टोबर १ देखि मात्र सुचारु हुने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू