अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५४ | Colorodo: 19:09

इन्द्रजात्रा मनाईयो

बिआरटीनेपाल २०७६ भदौ २७ गते ९:३३ मा प्रकाशित

काठमाडौंमा परम्परागत रुपमा मनाईने इन्द्रजात्रा मनाइएको छ । काठमाडौंको वसन्तपुरमा मनाइएको सो जात्राको राष्ट्रपति विद्या भण्डारीले अवलोकन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले शुक्रबार दिउँसो ४ बजेतिर बसन्तपुर पुगेर जात्राको अवलोकन गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति भण्डारीलाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलगायतले स्वागत गर्नुभएको थियो ।

जात्रामा पहिलोपटक विदेशी पाहुनाहरु समेत सहभागी भएका थिए । जात्राको अवलोकनका लागि चीन लगायतका ५ देशबाट आएका पाहुनाहरुको सहभागिता रहेको थियो । अवलोकन भ्रमणमा चीनको लान्जाउ सिटीका मेयर जियाङ सियावहोङ, भूटानको थिम्पू नगरका मेयर किन्ले दोर्जीलगायत चीन, भारत, अमेरिका, भूटान र जापानका दश शहरबाट नेपाल आएका पदाधिकारीहरू सहभागी थिए । भारतको नर्थ दिल्ली नगरपालिकाका मेयर सरदार अवतार सिंह भने शुक्रबारै नेपाल आएका कारण पछि मात्रै सहभागी हुनुभयो ।

काठमाडौंको हनुमानढोका दरवार क्षेत्रबाट शुरु भएको उक्त अवलोकन पदयात्रा काठमाडौंको पुरानो झोछेँ टोल हुँदै नःबही, मञ्जुश्रीनक महाविहार, थानबहाः, भिमसेनको मन्दिर, काष्ठमण्डप, सिँल्यं सतः, माजु देगः, मरु देगः, मरुहिटी, यट्खा बहाः, इतुम्बहाः, जनबहाः, आकाश भैरव, स्वेत भैरव हुँदै हनुमानढोका दरवार क्षेत्रमा टुंगिएको थियो ।

इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा नजर गर्ने परम्परा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू