अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३१ | Colorodo: 02:46

नेपालगन्ज घटनामा संलग्न माथि सरकारले कारवाही गर्ने

बिआरटीनेपाल २०७६ भदौ २७ गते ९:२८ मा प्रकाशित

सरकारले नेपालगन्जमा बाँके कांग्रेस सभापति किरण कोइरालामाथि भएको आक्रमणमा संलग्नलाई कारवाही गर्ने जनाएको छ । आज संसद्को राज्य व्यवस्था समिति बैठकमा सहभागि गृहमन्त्री रामबहादुर थापाले नेपालगञ्ज घटनामा संलग्न केही पक्राउ परेको र केहीको खोजी भईरहेकोे जानकारी गराउनुभयो । बैठकमा कांग्रेस सांसद डिला संग्रौलाले घटनामा संलग्नलाई कारवाहीको माग गर्नुभएको थियो ।

बैठकमा नेकपा सांसद महेश्वरजंग गहतराजले उक्त घटनालाई राजनीतिक रंग नदिइ संलग्नलाई कारवाही गरिनु पर्ने धारणा राख्नुभएको थियो । कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअन्तर्गत हिजो बाँकेको सीतापुरस्थित रेडक्रसको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा सहभागी भएका सभापति कोइराला लगायतका कांग्रेस कार्यकर्तामाथि युवाको समूहले मञ्चमै पुगेर आक्रमण गरेको थियो । आक्रमणबाट कोइरालाको बाँया हात भाँच्चिएको छ । नेकपाका कार्यकर्ताले आक्रमण गरेको कांग्रेस कार्यकर्ताको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू