अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४२ | Colorodo: 05:57

काँग्रेसद्वारा बाँके आक्रमणको विरोधमा प्रदर्शन गर्ने घोषणा

बिआरटीनेपाल २०७६ भदौ २७ गते ९:२७ मा प्रकाशित

नेपाली कांग्रेसले बाँकेको जागरण अभियानमा भएको आक्रमण भएको विरोधमा प्रदर्शन गर्ने भएको छ । काँग्रेसले पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, माइतीघर मण्डलामा प्रदर्शन गर्ने लगायतका कार्यक्रम सार्वजनिक गरेको हो । घोषित कार्यक्रमअनुसार भोलि बिहान आठ बजे गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र तीन बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने कार्यक्रम राखिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी गराउनुभयो ।

घटनामा संलग्नलाई तत्काल कारबाही नगरे थप आन्दोलन घोषणा गर्ने उहाको भनाई छ । जागरण अभियानको दोस्रो चरणका क्रममा बिहीवार बाँकेको खजुरा नागपालिका २ सीतापुरमा भएको कार्यक्रम सत्तारुढ नेकपाका कार्यकर्ताले विथालेका थिए । त्यसक्रममा बाँके सभापति किरण कोइरालाको हात भाँच्चिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू