अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०७ | Colorodo: 12:22

एनआरएन युरोप संयोजकमा युवा समाजसेवी नारायण आचार्यको उम्मेदवारी घोषणा

बिआरटीनेपाल २०७६ भदौ २६ गते ११:२१ मा प्रकाशित

गैर आवासीय नेपाली सङ्घ युरोप क्षेत्रीय संयोजकमा नेदरल्याण्ड्सबाट समाजसेवी तथा युवा नेता नारायण आचार्यले उम्मेदवारी घोषणा गर्नुभएको छ । गैर आवासीय नेपाली सङ्घ नेदरल्याण्ड्सको २०११÷२०१३ मा अध्यक्ष भइसकेका आचार्य हाल अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य हुनुहुन्छ ।

नेपालको राजनीतिक जीवनबाट निखारिएका आचार्य व्यवस्थापन सङ्काय अन्तर्गत नेपालकै ठुलो क्याम्पस शंकरदेव काठमाडौँको २०५५÷२०५७ का स्ववियु सभापति भइसकेका व्यक्तित्व हुनुहुन्छ । उहाँले नेपाल विद्यार्थी सङ्घ केन्द्रीय सदस्य एवं समन्वय विभागका प्रमुख भई काम गर्नुभएको छ भने अहिले सामाजिक व्यक्तित्वको रूपमा युरोपेली नेपाली डायस्पोरामा स्थापित हुनुहुन्छ ।

नेदरल्यान्डस्मा व्यवसाय गरेर बसेका आचार्यलाई गैर आवासीय नेपाली सङ्घ भित्र सबैलाई मिलाएर लैजान सक्ने र व्यवस्थित समन्वय गर्न सक्ने असल व्यक्तिको रूपमा चिन्ने गरिन्छ । गैर आवासीय नेपाली नागरिकताको विषमा सरकारले ल्याएको विधेयक आफैमा पूरा नभएको र यसलाई पूर्णता दिन उच्चस्तरीय राजनैतिक लबी आवश्यक हुने भएका कारण युरोपेली डायस्पोरामा आर्चायलाई एउटा संभावनका रूपमा हेरिन थालिएको छ ।

युरोपेली मुलुकमा रहेका सबै राष्ट्रिय समन्वय समितिहरूको घनिभूत समन्वय गरी नेपालको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा नेपालको कुनै एक जिल्लामा पाइलट परियोजना सुरु गर्ने कार्य योजना आचार्यले अगाडि सार्नुभएको छ । कम्तीमा पन्ध्र हजार भन्दा बढी नेपाली भएका पोर्चुगल लगायतका देशमा नेपाली दूतावासको स्थापनाका लागि पहल गर्ने तथा नेपालको पर्यटन प्रवर्द्धन क्षेत्रमा विशेष कार्यक्रमसहित अगाडि बढ्ने उद्देश्यका साथ आचार्यको उम्मेदवारी आएको हो । उहाँले बेलायतका भूतपूर्व गोर्खाका आवाजहरूलाई समेत बुलन्द गर्ने लक्ष्य राख्नुभएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू