अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३१ | Colorodo: 07:46

सांसदको प्रश्न– डेंगुबारे अमेरिका बोल्यो, सरकार सांसद मरेपछि बोल्ने हो?

बिआरटीनेपाल २०७६ भदौ २६ गते १०:५८ मा प्रकाशित

डेंगुबाट मुलुकभरका जनता प्रभावित हुँदासम्म सरकार र सम्बन्धित मन्त्री नबोलेको भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद कृष्णगोपाल श्रेष्ठले आपत्ति जनाउनुभएको छ । उहाँले सांसद मरेपछि मात्रै सरकार बोल्ने हो? भनेर सरकारलाई प्रश्न गर्नुभयो ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद श्रेष्ठले काठमाडौँ पोखरा लगायत मुलुकका विभिन्न क्षेत्रमा डेंगुले महामारीको रूप लिँदा पनि नेपाल सरकार नबोलेको बरु अमेरिकी सरकार बोलेको भनेर आपत्ति जनाउनुभएको हो । अमेरिकाले नेपालमा डेंगु फैलिएकोले भ्रमण नगर्न अनि नेपालमा रहेका आफ्ना नागरिकलाई सचेत रहन चिठी लेखेको श्रेष्ठको भनाइ थियो । श्रेष्ठले तत्काल रुलिङ गर्नका लागि सभामुखलाई आग्रह समेत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू