अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४९ | Colorodo: 06:04

एनआरएनए अमेरिकाजका क्षेत्रीय संयोजक गौरीराज जोशीद्धारा एनआरएनएलाई १ करोड सहयोग

बिआरटीनेपाल २०७६ भदौ २६ गते १०:४४ मा प्रकाशित

गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाजका क्षेत्रीय संयोजक गौरीराज जोशीले संघलाई एक करोड सहयोग गर्नुभएको छ । गैर आवासीय नेपाली संघको अभियान अन्तरगत जोशीले संघको खातामा १ करोड रुपैया सहयोग गर्नु भएको एनआरएनए केन्द्रीय कार्यालयले जनाएको छ । गैर आवासीय नेपाली संघको अभियानलाई आगाडी बढाउने क्रममा संघका अध्यक्ष भवन भट्टको आह्वानलाइ कदर गर्दै उहाँले उक्त रकम प्रदान गर्नुभएको संघले आफ्नो आधिकारिक फेसबुक पेजमा उल्लेख गरेको छ ।

जोशी आगामी अक्टोवरमा हुने निर्वाचनमा सचिवका प्रत्यासी हुनुहुन्छ । यसअघि संघका उपाध्यक्ष तथा आगामी निर्वाचनमा अध्यक्षका उम्मेद्वार कुमार पन्तले एक करोड सहयोग प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया