अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५० | Colorodo: 11:05

पेरुले ब्राजिललाई हरायो, मेक्सिकोको पोस्टमा अर्जेन्टिनाको ४ गोल

बिआरटीनेपाल २०७६ भदौ २५ गते ९:५१ मा प्रकाशित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पेरुले ब्राजिललाई हराएको छ । बुधबार बिहान पेरुमा सम्पन्न खेलमा घरेलु टोली १–० ले विजयी भयो । खेलमा पेरुका लागि लुइस अब्राहमले ८४औं मिनेटमा निर्णायक गोल गरे ।

मैत्रीपूर्ण फुटबलकै अर्को खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई ४–० ले हरायाएको छ । अर्जेन्टिनाकोे जितमा लौतारो मार्टिनेजले ‘ह्याट्रिक’ गर्दा ड्यानियल पारादेजले एक गोल थपेका थिए ।

यस्तै, उरुग्वे र अमेरिकाले १–१ गोलको बराबरी खेलेका छन् । खेलमा पाहुना टोली उरुग्वेका ब्रायन रोड्रिग्वेजले पहिलो गोल गरे पनि अमेरिकाका जोर्डन मोरिसले एक गोल फर्काउँदै खेल बराबरी गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू