अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०१ | Colorodo: 09:16

प्रधानमन्त्री ओलीको घाँटीमा राखिएको ट्युव निकालियो

बिआरटीनेपाल २०७६ भदौ २५ गते ९:४८ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीको घाँटीमा राखिएको ट्युव निकालिएको छ । सिंगापुरमा मिर्गौलाको उपचार प्लाज्मा थेरेसिस गर्दा राखिएको ट्युब आज त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा निकालिएको हो ।

प्रधानमन्त्री ओलीको घाँटीमा राखिएको ट्युव अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अरुण सायमको टीमले निकालेको हो । त्यस्तै प्रधानमन्त्रीको मुटुको चाल पनि जाँच गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू