अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२८ | Colorodo: 18:43

लिगलिगकोट म्याराथनमा नेपाली सेनाका भीमबहादुर पहिलो

बिआरटीनेपाल २०७६ भदौ २५ गते ९:४७ मा प्रकाशित

नेपाल भ्रमण वर्ष २०२० र ऐतिहासिक पर्यटकीय केन्द्रको प्रचारका लागि लिगलिगकोटदेखि गोरखा दरबार म्याराथन दौड गरिएको छ । द्रव्य शाहले पस्लाङ चौतारोमा राज्याभिषेक गरेको वि.सं. १६१६ भदौ २५ गतेको सम्झनामा पालुङटार नगरपालिका लिगलिगकोटदेखि सिरानचोक गाउँपालिका हुँदै पस्लाङ चौताराबाट गोरखा दरबारसम्म दौड गरिएको हो।

४२ किलोमिटर दौड पूरा गरेर नेपाली सेनाका भीमबहादुर गुरूङ पहिलो भएका छन्। उनले तीन घण्टा १७ मिनेट दुई सेकेन्डमा दौड पूरा गरेका थिए। प्रतियोगितामा दुर्गाराज बुढा दोस्रो भएका छन्। उनले तीन घण्टा १७ मिनेट ४५ सेकेन्डमा दौड पूरा गरेका थिए। दौडमा पहिलो हुनेले एक लाख ५० हजार रुपैयाँ पुरस्कार दिइएको छ।

गोरखा राज्य स्थापना भएको साइत पारेर ‘उत्पतिदेखि जगसम्म’ भन्ने नाराका साथ बुधबार बिहान गरिएको दौडमा एक सय १४ जना धावक सहभागी रहे। पालुङटार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले जानकारी दिनुभयो । पालुङटार, गोरखा नगरपालिका, सिरानचोक गाउँपालिका र नेपाली सेनाको गोरखास्थित रणसिंह दल गण मिलेर दौड आयोजना गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू