अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४३ | Colorodo: 21:58

एनआरएनएलाई उपाध्यक्ष कुमार पन्तकोे १ करोड सहयोग

बिआरटीनेपाल २०७६ भदौ २५ गते ९:४२ मा प्रकाशित

गैर आवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले संघलाई एक करोड सहयोग गर्नुभएको छ । अध्यक्ष भवन भट्टको आह्वानलाई कदर गर्दै उपाध्यक्ष पन्तले एनआरएनएको अभियानलाई अगाडि बढाउन १ करोड आर्थिक सहयोग गर्नुभएको हो ।

‘गैर आवासीय नेपाली संघको अभियानलाई अगाडी बढाउने क्रममा संघका अध्यक्षज्यूको आह्वानलाई कदर गर्दै उपाध्यक्ष श्री कुमार पन्तज्यूले संघको खातामा १ करोड रुपैंया सहयोग गर्नु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं । उपाध्यक्ष कुमार पन्तज्यूको निरन्तर प्रगतिको लागि हार्दिक शुभकामना ।’ एनआरएनएको आधिकारिक फेसबुक पेजमा लेखिएको छ ।

उपाध्यक्ष पन्तले आगामी अक्टोबरमा हुन लागेको संघको सम्मेलनमा अध्यक्षको उम्मेदवारी घोषणा गरिसक्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू