अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५० | Colorodo: 23:05

पूर्वाधारमा लगानी गर्न अर्थमन्त्रीको अन्तर्राष्ट्रिय समुदायलाई आव्हान

बिआरटीनेपाल २०७६ भदौ २५ गते ९:४३ मा प्रकाशित

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको पूर्वाधार विकासमा लगानी गर्न अन्तर्रा्ष्ट्रिय समुदायलाई पुनः आह्वान गर्नुभएको छ । अर्थमन्त्री खतिवडाले नेपालमा लगानी गरे उच्च प्रतिफल प्राप्त हुने उल्लेख गर्दै लगानीको क्षेत्र बढाउन अन्तर्र्रािष्ट्रय समुदायलाई आग्रह गर्नु भएको हो । उहाँले नेपालमा लगानी गरिरहेका वैदेशिक लगानीकर्ताहरुले उच्च प्रतिफल प्राप्त गरिरहेको दाबी गर्नुभयो । नेपाल पूर्वाधार शिखर सम्मेलनलाई बुधबार सम्बोधन गर्दै उहाँले नेपालमा वैदेशिक लगानीका लागि कानुनी र संरचनागत दुबै आधार तयार भएको स्पष्ट पार्नुभयो ।

अर्थमन्त्री खतिवडाले नेपाल सरकारले बाह्य लगानी भित्र्याएर मुलुकको समृद्धिका लागि पूर्वाधार विकास, जलस्रोत र पर्यटन क्षेत्रको विकासमा जोड दिएको स्पष्ट पार्नुभयो । उहाँले नेपालको जलस्रोत, उर्जा र पूर्वाधारको क्षेत्रमा लगानी गरे जो सुकैले उच्च मुनाफा आर्जन गर्न सक्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू