अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३६ | Colorodo: 18:51

युरोकप छनौटमा इंग्ल्याण्ड, पोर्चुगल, फ्रान्स र टर्की विजयी

बिआरटीनेपाल २०७६ भदौ २५ गते ९:३८ मा प्रकाशित

युरोकप फुटबल छनौटका खेलहरुमा इंग्ल्याण्ड, पोर्चुगल, फ्रान्स र टर्की विजयी भएका छन् । गएराति भएको समुह ‘ए’ को खेलमा इंग्ल्याण्डले कोसोभोलाई ५–३ ले हराउँदा चेक रिपब्लिकले मोन्टेनेग्रोमाथि ३–० को जित निकाल्यो ।

समुह ‘बि’ को खेलमा पोर्चुगलले लिथुआनियालाई ५–१ ले हरायो । उसका लागि क्रिश्चियानो रोनाल्डोले ४ गोल गरे । यही समुहको अर्को खेलमा सर्वियाले लक्जेम्बर्गलाई ३–१ ले पराजित गर्यो ।

समुह ‘एच’ को खेलमा फ्रान्सले एन्डोरालाई ३–० ले हराउँदा टर्कीले माल्दोभामाथि ४–० को तथा अल्बानियाले आईसल्याण्डमाथि ४–२ को जित निकाल्न सफल भएको छ ।

प्रतिक्रिया