अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१८ | Colorodo: 07:33

वेष्ट ब्याङ्कमा राज्यहरण गर्ने इजरायली प्रधानमन्त्रीको योजना, अरब राष्ट्रको कडा आपत्ति

बिआरटीनेपाल २०७६ भदौ २५ गते ९:३८ मा प्रकाशित

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले वेष्ट ब्याङ्कको केही क्षेत्र हडप्ने अर्थात राज्य हत्याउने योजना बनाएकोप्रति अरब राष्ट्रले विरोध जनाएका छन् । नेतन्याहुले चुनावको पूर्व सन्ध्यामा टेलिभिजन सम्बोधन मार्फत वेष्ट ब्याङ्कको जोर्डन उपत्यका र उत्तरी मृत सागर (डेड सी) लाई इराजयली सर्वभौमिकतामा ल्याउने योजना सार्वजनिक गर्नुभएको थियो ।

आउँदो हप्ता हुने चुनावपछि पुनः आफू सत्तामा आए जोर्डन उपत्यका र उत्तरी मृत सागरलाई इजरायलमा गाभ्ने दाबी गर्नुभएको छ । जोर्डन, टर्की र साउदी अरेबियाका अधिकारीले नेतन्याहुको घोषणाको कडा आलोचना गरेका छन् । अरब लिगले नेतन्याहुको घोषण खतरनाक रहेको र यो अतिक्रमणको हद रहेको बताएको छ । प्यालेस्टाइनी कूटनीतिज्ञ साइब एरिकातले यस्तो कार्य युद्ध अपराध रहेको र यसले शान्ति स्थापनाको सम्भावनाको हत्या गर्ने बताउनुभयो ।

सन् १९६७ देखि वेष्ट ब्याङ्क इजरायको नियन्त्रणमा छ । तर उसले त्यहाँ अहिलेसम्म राज्य हरणे गरेको छैन । प्यालेस्टाइनले वेष्ट ब्याङ्कको सम्पूर्ण क्षेत्रमा आफ्नो दाबी गर्दै आएको छ । यो क्षेत्रलाई लिएर इजरायल र प्यालेस्टाइनबिच तनावको अवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू