अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५७ | Colorodo: 09:12

नेकपा सचिवालय बैठक – महासचिव पौडेललाई दल दर्ताको जिम्मेवारी

बिआरटीनेपाल २०७६ भदौ २५ गते ९:३० मा प्रकाशित

प्रमुख सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आसन्न उपनिर्वाचनका लागि दल दर्ताको सम्पूर्ण प्रक्रिया पूरा गर्ने जिम्मा महासचिव विष्णु पौडेललाई दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको सचिवालय बैठकले उपनिर्वाचनका लागि पुनःदल दर्ताको काम गर्ने जिम्मा पौडेललाई दिने निर्णय गरेको हो ।

बैठकमा निकट भविष्यमा हुन गइरहेको उपनिर्वाचनका निम्ति पुनः दल दर्ता गर्नुपर्ने संवैधानिक व्यवस्था र निर्वाचन आयोगको सूचनाका आधारमा यही महिनाभित्र दल दर्ताका सम्पूर्ण प्रक्रिया पूरा गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो । दल दर्ताको काम गर्ने जिम्मेवारी महासचिव विष्णु पौडेललाई दिइएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा रिक्त जनप्रतिनिधि चयन गर्न आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । पार्टीको सांगठनिक एकीकरणका विषयमा टुंगो लगाउन छिट्टै अर्को बैठक बसेर छलफल गर्ने निर्णय भएको उहाको भनाई छ । प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीको सिंगापुर भ्रमणका कारण २० दिनपछि मात्र नेकपा सचिवालय बैठक बसेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू