अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०१ | Colorodo: 01:16

वृद्धको भेषमा अमेरिका जान लागेका युवक पक्राउ

बिआरटीनेपाल २०७६ भदौ २५ गते ९:१५ मा प्रकाशित

८१ वर्षको वृद्ध बनेर अमेरिका जान लागेका ३२ वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको अहमदावाद निवासी जयस पटेलले वृद्धको भेषमा अमेरिका जाने प्रयास गरेका हुन् । उनलाई भारतको औद्योगिक सुरक्षा फोर्सले दिल्ली स्थित विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।

समाचार एजेन्सीहरूका अनुसार उनी अर्काको नामको राहदानी प्रयोग गरेर अमेरिका जान लागेका थिए । सेतो कपाल र सेतै दारी–जुँगा भएको हुलिया बनाएर ह्विल चियरमा बसेर विमानस्थलको अध्यागमन पार गरिसकेको अवस्थामा उनी पक्राउ परेको बताइएको छ ।
शङ्का लागेर चेक जाँच गर्दा उनले अमरकी सिंह नाम गरेका ८१ वर्षीय वृद्धको राहदानी प्रयोग गरेर अमेरिका जान लागेको तथ्य प्रकाशमा आएको हो । वृद्ध जस्तै हुलिया बनाएका भए पनि छाला चाउरी नपरेको देखे पछि सुरक्षाकर्मीले उनीमाथि शङ्का गरेका थिए ।

भेष बदलेर उनी किन अमेरिका जान लागेका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हाल उनी दिल्ली प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू