अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०७ | Colorodo: 20:22

जन्डिस भनेको के हो ? जन्डिस कसरी सुरु हुन्छ ?

बिआरटीनेपाल २०७६ भदौ २५ गते ९:०६ मा प्रकाशित

आँखाको सेतो भाग, हत्केला, अनुहार वा सम्पूर्ण शरीरमा पंहेलो रङ्ग देखिएको अवस्थालाई जन्डिस भनिन्छ l जन्डिस आफैमा रोग होइन l यो ५० भन्दा धेरै रोगको साझा लक्षण मात्र हो । जसरी “ज्वरो” आफैमा रोग होइन, हजारौँ रोगहरूको साक्षा लक्षण हो त्यसरी नै जन्डिस पनि शरीर भित्र हुने धेरै साधारण र असाधारण रोगहरूले बाहिर देखाउने एउटा लक्षण मात्र हो l जन्डिस को कहिल्यै पनि उपचार गरिँदैन l बरु जुन कारणले जन्डिस को लक्षण देखाउँछ सोही कारण तत्त्वको उपचार गरिन्छ ।

जन्डिस को लक्षण देखिने बित्तिकै डाक्टरकोमा गएर के कारणले गर्दा जन्डिस भएको हो त्यो पत्ता लगाउन पर्छ l तपाईँको डाक्टरले पहिला पिसाब र रगत जाँच गर्छन् । अलि जटिल खाले रोगको शङ्का लागेमा वा रगत र पिसाबबाट सम्पूर्ण जानकारी मिल्न सकेन भने अल्ट्रा साउन्ड, सी टि स्क्यान एमआरआई, ERCP आदिबाट शरीर भित्र के भइराखेको छ, कुन कारणले यस्तो भयो भनेर खोजीनिती गर्छन् । अधिकांश केसहरूमा (फेरी दोहोर्‍याउन चाहे, अधिकांश समयमा) जन्डिस सामान्य रोगहरू/अवस्थाहरूबाट हुने गर्छन् र ३ हप्ताको आसपासमा आफै सन्चो हुन्छ l यस्तो बेलामा डाक्टरले औषधि दिइहाले भने पनि शरीर चिलाउन नदिने, बान्ता हुन नदिने औषधि, भिटामिनसहरु आदि वा कहिले काहीँ केही समयको लागि bile बन्ने प्रक्रिया मत्थर गर्ने/bile stone बन्न नदिने औषधि आदि दिन्छन्

Video:

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू