अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०० | Colorodo: 06:15

शताब्दी पुरुष सत्यमोहन जोशीको जन्मशताब्दीको अवसरमा सिक्काको लोकार्पण

बिआरटीनेपाल २०७६ भदौ २५ गते १:५७ मा प्रकाशित

संस्कृतिविद् सत्यमोहन जोशीको जन्मशताब्दी वर्षको अवसरमा टकमारी गरिएका २०७६ सिरिज गरिएका रु १००, रु १ हजार र रु २५ सय दरमा स्मारिका सिक्काहरुको लोकार्पण गरिएको छ ।  उक्त सिक्का नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग, टक्सर महाशाखाबाट टकमारी गरिएका थिए ।

ललितपुर महानरपालिकाद्वारा आयोजित कार्यक्रममा अर्थमन्त्री युवराज खतिवाडाले लोकार्पण गरेका थिए । कार्यक्रममा सस्कृतिविद् जोशी, सांसदहरु पम्फा भुसाल, नवराज सिलवाल, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू