अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४४ | Colorodo: 17:59

नेकपा सचिवालय बैठक बुधवार बस्दै

बिआरटीनेपाल २०७६ भदौ २५ गते १:५० मा प्रकाशित

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधवार दिउँसो ४ बजे बस्ने भएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली सिंगापुरबाट फर्किएपछि पहिलोपटक सचिवालय बैठक बस्न लागेको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

बुधवार बस्ने सचिवालय बैठकले पार्टी एकताका बाँकी कार्यभारहरू पूरा गर्ने अपेक्षा गरिएको छ । नेकपामा अनुशासन आयोग, लेखा आयोग, प्रवास कमिटी, ज्येष्ठ नागरिक मञ्चलगायत केन्द्रीय विभाग र संगठनको एकता प्रक्रिया टुंग्याउन अझै बाँकी छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू