अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४४ | Colorodo: 22:59

पत्रकार ओम हमाल रिहा

बिआरटीनेपाल २०७६ भदौ २५ गते १:३६ मा प्रकाशित

पत्रकार ओम हमाल रिहा हुनुभएको छ । नेत्र विक्रम चन्द ’विप्लव’को  प्रतिबन्धित नेकपा निकट जनपत्रकार संगठन, नेपालका केन्द्रीय तथा जनसञ्चार डटकमका सम्पादक हमाल सर्वोच्च अदालतको दोस्रो पटकको आदेशमा रिहा हुनुभएको हो ।

पत्रकार हमाललाई बन्दी प्रत्येक्षीकरणको रिटमा सुनुवाई गर्दै गत मंगलबार सर्वोच्च अदालतको आदेशमा रिहा भए पनि गेटबाटै प्रहरीले पक्राउ गरेको थियो। उहाँ भदौ ६ गते पक्राउ पर्नुभएको थियो । पत्रकार हमालको गिरफ्तारी गैरकानुनी भन्दै जनपत्रकार संगठनकी सदस्य मोनिका गुरुङले पुनः बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो ।

रिटमाथी सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश ईश्वर प्रसाद खतिवडा र बमकुमार श्रेष्ठको ईजलासले पत्रकार हमाललाई रिहा गर्न आदेश दिएको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू