अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३७ | Colorodo: 04:52

नादेज्दा कप महिला फुटबल – ताजकिस्तानलाई हराउँदै नेपाल उपाधि नजिक

बिआरटीनेपाल २०७६ भदौ २५ गते १:२६ मा प्रकाशित

कीर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगितामा नेपालले ताजकिस्तानलाई पराजित गर्दै प्रतियोगिताको उपाधिनजिक पुगेको छ । कीर्गिस्तानको काराकोलस्थित केन्द्रीय रंगशालामा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले ताजकिस्तानलाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

नेपालको जितमा सावित्रा भण्डारीले गोल गर्नुभयो । उहाँले खेलको ८६औं मिनेटमा गरेको एक गोल नै नेपालको लागि निर्णायक गोल सावित भयो । गीता रानाले प्रहार गरेको ‘फ्रिकिक’ बललाई सदुपयोग गर्दै सावित्राले ‘हेड’गोल गर्नुभएको थियो । अब नेपालले उपाधिका लागि यही भदौ २६ गते हुने फाइनल खेलमा उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

नादेज्दा कपमा नेपालसँगै कीर्गिस्तान, उज्वेकिस्तान र ताजकिस्तान सहभागी छन् । जसमा आयोजक कीर्गिस्तान र ताजकिस्तान प्रतियोगिताबाट बाहिरिएका छन् । नेपालले यसअघि खेलेको पहिलो खेलमा आयोजक कीर्गिस्तानलाई ८–२ गोलअन्तरले हराएको थियो भने दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग २–० गोलअन्तरले पराजित भएको थियो ।

प्रतिक्रिया