अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०६ | Colorodo: 10:21

बेलायतमा प्रधानमन्त्री जोनसनको प्रस्ताव लगातार अस्विकार

बिआरटीनेपाल २०७६ भदौ २५ गते १:१० मा प्रकाशित

बेलायती सांसदहरुले आम निर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्ताव अस्विकार गरेका छन् । प्रधानमन्त्री जोनसनको निर्वाचन गराउने प्रस्तावलाई सांसदहरुले फेरि पनि अस्विकार गरेका हुन् । प्रधानमन्त्री जोनसनले निर्वाचन गराउनका लागि संसदमा लगेको यो दोस्रो प्रस्ताव हो ।

निर्वाचन गराउनका लागि संसदमा त्यसको प्रस्तावमा तल्लो सदनको ४३४ मतको आवश्यकता पर्छ । तर, प्रधानमन्त्री जोनसनको प्रस्तावको पक्षमा २ सय ९३ जना सांसदहरुले मात्र मतदान गरेका थिए, जुन आवश्यक संख्या भन्दा कम हो । यसअघि विपक्षी सांसदहरुले ब्रेक्जिट सम्झौताअघि नबढाउने कानून पारित गर्नुपर्ने दवाव दिँदै आएका छन् । तर प्रधानन्त्री जोनसनले आफू कानुनी प्रक्रिया अनुसार नै अघि बढ्ने प्रतिक्रिया दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू