अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३२ | Colorodo: 00:47

 नेपाललाई अपराधीको क्रिडास्थल बन्न नदिन प्रहरी सक्षम–महानिरिक्षक सर्वेन्द्र खनाल

बिआरटीनेपाल २०७६ भदौ २५ गते १:०० मा प्रकाशित

प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नेपाललाई विदेशी अपराधिहरुको क्रिडास्थल बन्न नदिन नेपाल प्रहरी सक्षम रहेको बताउनुभएको छ । मंगलबार नेपाल पुलिस क्लब परिसरमा आयोजित कार्यक्रममा बोल्दै आईजीपी खनालले विदेशी अपराधीहरु नेपालमा आएर आपराधिक गतिविधि गर्न सकिन्छ भन्ने सोचबाट मुक्त हुन आग्रह गर्नुभयो ।

आईजीपी खनालले नेपालमा आएर उन्मुक्ति पाउँछु भन्ने सोच विदेशी अपराधिहरुले नदेख्दा पनि हुने बताउनुभयो । उहाँले विदेशी अपराधिहरुले कानुन दायरामा आउन मात्रै नेपाल आए हुने पनि स्पष्ट पार्नुभएको छ । उन्मुक्ति पाउने आशयका साथ विदेशी अपराधिहरु नेपाल आए उनीहरुलाई कुनै पनि हालतका कार्वाहीको दायरामा ल्याउने प्रहरी आईजीपी खनालले दावी दावी गर्नुभयो ।

नेपाल प्रहरीले विदेशी अपराधीहरु नियन्त्रणका लागि ऊर्जाका साथ काम गरिरहेको पनि आईजीपी खनालको भनाई थियो । कार्यक्रममा उहाँले साइबर क्राइम र मानव बेचबिखन नियन्त्रणको कामलाई पनि नेपाल प्रहरीले उच्च प्राथमिकताका साथ अघि बढाएको पनि स्मरण गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू