अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०७ | Colorodo: 05:22

“नेपाललाई सिंगापुर र स्विजरल्याण्ड होइन नेपाल नै बनाऔँ” – कांग्रेस नेता प्रदीप गिरि

बिआरटीनेपाल २०७६ भदौ २५ गते १:०० मा प्रकाशित

नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले विकासको वैकल्पिक बाटो अबलम्बन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै उहाँले देशको विकासका लागि पूँजीवाद र पूँजीवादको अनुकरणमा हिँडेका साम्यवादी बाटोले पनि नहुने भएकाले वैकल्पिक बाटो अबलम्बन गर्नुपर्ने बताउनुभएको हो । स्वर्गीय बीपी कोइरालाले विकास गर्दा सधैँ मानिसलाई केन्द्रविन्दुमा राख्नुपर्ने  कुरा बताउँदै आएको स्मरण गर्दे उहाँले बीपीले देखाएको बाटोमा हिँड्न आग्रह गर्नुभयो ।

विश्वभरमा नै अहिले विकासको वैकल्पिक बाटोबारे छलफल भइरहेको भन्दै उहाँले अनाहक ऋणको बोझमा पारेर सिंगापुर  र स्विजरल्याण्डको सपना देखाएर नभई सुशासन कायम गर्दै नेपाललाई नेपाल बनाउने संकल्पमा देशलाई अघि बढाउन सरकारलाई आग्रह गर्नुभयो । बीपीले सधैँ ‘चहराइरहेका घाउमा मल्हम लगाउन, गाउँमा रहेको बेरोजगारी, अर्धबेरोजारी र गुप्त बेरोजगारीलाई सम्बोधन गर्न तथा ठूलाठूला हवाई जहाजका कुरा गरेर जनतालाई भ्रमित नबनाउन’ भन्दै आएको उल्लेख गर्र्दै उहाँले विकासका बारेमा बीपीले देखाएको वैकल्पिक बाटोतर्फ सोच्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू