अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०९ | Colorodo: 20:24

सरकारले मुलुकलाई कम्युनिस्ट राज्य बनाउन खोज्यो – सभापति देउवा

बिआरटीनेपाल २०७६ भदौ २५ गते ०:५६ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुईतिहाइको वर्तमान सरकारले मुलुकलाई कम्युनिस्ट राज्य बनाउन खोजेको आरोप लगाउनुभएको छ । मंगलबार विराटनगरमा सन्चारकर्मीहरुसित कुरा गर्दै उहाँले लोकतान्त्रिक गणतन्त्रको अभ्यासलाई समाप्त गरी कम्युनिस्ट शासन प्रणालीको उदय गराउन सरकार उद्यत रहेको जिकिर गर्नुभयो ।

कम्युनिस्ट सरकार खराब नभएपनि उसले ल्याउन चाहेको कम्युनिस्ट शासन व्यवस्था भने ठीक नभएको देउवाको भनाइ थियो । उहाँले सरकारले लोकतन्त्र मास्ने गतिविधिलाई तत्काल नसच्याए आफूहरु सरकारविरुद्ध आन्दोलनमा जाने चेतावनीसमेत दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू