अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१६ | Colorodo: 10:31

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीद्वारा पेट्रोलियम पाइपलाइनको उद्घाटन

बिआरटीनेपाल २०७६ भदौ २५ गते ०:५४ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मोतीहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनको उच्च प्रविधिको प्रयोग गरेर उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कार्र्यालयमा रहेको एक्सन रुमबाट र मोदीले नयाँ दिल्लीबाट स्विच दबाएर पाइपलाइनको उद्घाटन गर्नु भएको छ । उद्घाटन पछि भिडियो कन्फरेन्स मार्फत सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतबाट नेपालमा पेट्रोलियम पदार्थ ढुवानीमा समय बचत गर्ने, लागत बढाउने, सवारी यातायात कम गर्ने र वायु प्रदूषणलाई कम गर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले यस प्रकारका पाइपलाइनहरुको विस्तारका लागि नेपालले अरु अवसर पनि दिने बताउनुभएको छ । पाइपलाइनले नेपाली उपभोक्ताहरुमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै उहाँले आजै देखि नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा दुई रुपैंया मूल्य घटाएको जानकारी गराउनुभयो ।

पाईपलाईन परियोजनाले दुई देशका बीचमा परस्पर सम्बन्ध र पारस्परिक निर्भरता बढाउने प्रधानमन्त्रीको भनाई छ । यसलाई नेपाल र भारतको ट्रेड र ट्रान्जिट पूर्वाधारको सम्बन्धमा कनेक्टिभिटीको सर्वश्रेष्ठ उदाहरण समेतको रुपमा प्रधानमन्त्रीले चित्रण गर्नुभयो । प्रधानमन्त्री ओलीले नेपालले भारतसँगको सम्बन्धलाई ठुलो महत्व दिएको स्पष्ट पार्दै नेपाल भारत सम्बन्धको लागि नयाँ जोश, गतिशिलता र दिशा प्रक्षेपण गर्नु आवश्यक रहेको बताउनुभयो ।

नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनबीच सो परियोजना अघि बढाउने समझदारी सन् २००४ सालमा भएपनि एक दशकपछि आएर प्रधानमन्त्री ओलीको पालामा यसलाई अघि बढाउन उच्चस्तरीय सहमति गरिएको थियो । सोही सहमति अनुसार एक वर्ष अघि प्रधानमन्त्री ओलीको भारत भ्रमणको क्रममा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीले सो परियोजनाको संयुक्त रुपमा शिलान्यास गर्नुभएको थियो । परियोजनाको लागत २ अर्व ७५ करोड भारतीय रुपैँया रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू