अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२६ | Colorodo: 15:41

ट्विटरमा मोदीको लोकप्रियता भारतमा नम्बर एक तथा विश्वमा २०औँ, वाराक ओवामा १ नम्वरमा

बिआरटीनेपाल २०७६ भदौ २३ गते ९:५८ मा प्रकाशित

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियता ट्विटरमा बढ्दै गइरहेको छ । यस माइक्रोब्लगिङ साइटमा मोदीलाई ‘फलो’ गर्नेको संख्या पाँच करोड नाघेको छ। यसका साथै मोदी विश्वमा सबैभन्दा बढी फलोअर्स भएको टप– २० लिस्टभित्र पनि पर्नुभएको छ । टप – २० भित्र पर्ने उहाँ पहिलो भारतीय हुन हुनुहुन्छ ।

अन्य कुनै पनि भारतीय उहाँको छेउछाउसम्म पनि पुगेका छैनन्। राजनेताहरुमा अब पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा र डोनाल्ड ट्रम्पमात्रै उनीभन्दा अगाडि हुनुहुन्छ । बाराक ओबामा भने यस सूचीको नम्बर १ मा रहनुभएको छ । ट्विटर एकाउन्टमा उहाँको फलोवर्स संख्या १० करोड ८३ लाख ६० हजार भन्दा बढी छ, साथै उहाँले ६ लाख १२ हजारभन्दा बढीलाई ‘फलो’ पनि गर्नुभएको छ ।

यसैगरी वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने बाह्रौं स्थानमा हुनुहुन्छ । ट्विटर एकाउन्टमा उहाँको ‘बायो’ मा ४५ औँ अमेरिकी राष्ट्रपति लेखिएको र उहाँका फलोवर्स संख्या ६ करोड ४० लाख ९६ हजारभन्दा बढी छ। उहाँले जम्मा ४७ जनालाई ‘फलो’ गर्नुभएको छ ।

टप –२० भित्र यी तीनजना राजनीतिज्ञबाहेक अधिकांश गायक, सिनेकर्मी र खेलाडी छन्। प्रसिद्ध गायक जस्टिन बिबर तेस्रो नम्बरमा, रिहाना चौथो नम्बरमा, फुटबलर क्रिस्टियानो रोनाल्डो चौथो नम्बरमा, लेडी गागा सातौं नम्बरमा, किम कार्द्सिन १३ औं नम्बरमा, सेलिना गोमेज १४ औं नम्बरमा, ब्रिट्नी स्पेयर्स १६ औँ नम्बरमा र साकिरा अठारौं नम्बरमा छन्।

प्रसिद्ध साइट यूट्युब भने ७ करोडभन्दा बढी ‘फलोअर्स’ का साथ ९ औं नम्बरमा र स्वयं ट्विटर भने साढे ५ करोड भन्दा बढी ‘फलोअर्स’ संख्याले१५ औं नम्बरमा र समाचार एजेन्सी सीएनएन ब्रेकिङ न्यूज ५ करोडभन्दा बढी ‘फलोअर्स’ संख्याले १७ औं नम्बरमा छ ।

नेपालका ट्वीटर प्रयोगकर्ताहरुमा डाक्टर बाबुराम भट्टराई, गगन थापा ,रविन्द्र मिश्र, विजयकुमार पाण्डे, नारायण वाग्ले, सुधीर शर्माका ‘फलोवर’ सर्वाधिक संख्यामा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू