अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५३ | Colorodo: 00:08

एनआरएनए नेदरल्याण्ड– कँडेलको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन

बिआरटीनेपाल २०७६ भदौ २३ गते ९:५३ मा प्रकाशित

गैर आवासीय नेपाली संघ (एनआरएनए) नेदरल्याण्डमा श्रीराम कँडेलको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन भएको छ । एनआरएनएलाई सवै नेपालीको साझा संस्थाका रुपमा अघि बढाउनका लागि कँडेलको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरिएको हो ।

कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा मीम पुर्जा, उपाध्यक्षमा हेमकुमार भुजेल, अच्युत कट्टेल, हिरामणि पराजुली (अशोक), कुश बजगाईं र हिरण्य ओझा चयन हुनुभएको छ । यस्तै महिला उपाध्यक्षमा बर्षा खडका, महासचिवमा संघर्षशील केसी, सचिवमा थम्मनबहादुर कार्की, कोषाध्यक्षमा खेम सापकोटा र सहकोषध्यक्षमा रेशम गुरुङ चयन हुनुभएको छ ।

यस्तै युवा संयोजकमा अमिर गुरुङ, महिला संयोजकमा राधादेवी शर्मा कँडेल, नर्थ होल्याण्ड संयोजकमा सीता सापकोटा, साउथ होल्याण्ड संयोजकमा राजुकुमार श्रेष्ठ र लिम्बर्ग संयोजकमा राधा रोका चयन हुनुभएको छ । सम्मेलनले चन्द्र कुँवर, राम बुढाथोकी, श्रीधर पाण्डे, सालिक गौतम, दीपक ढकाल, ध्रुव न्यौपाने, थानेश्वर कँडेल, गणेश थापा, द्राण रिजाल, राजेन्द्र कँडेल, सबी रिजाल, र रामचन्द्र पोखरेललाई सदस्य चयन गरेको छ । यस्तै आइसिसि मेम्बरमा ठाकुरप्रसाद शर्मालाई चयन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू