अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५७ | Colorodo: 16:12

यौन दुर्व्यवहारको आरोपमा पुर्व सांसद् सार्वजनिक बसबाटै पक्राउ

बिआरटीनेपाल २०७६ भदौ २३ गते ९:५१ मा प्रकाशित

सार्वजनिक सवारीमा यौन दुर्व्यवहार गरेको आरोपमा पूर्वसांसद नै पक्राउ परेका छन् । ललितपुरका पूर्वसांसद योगेन्द्र घिसिङलाई यौन दुर्व्यवहारको आरोपमा प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परीसर ललितपुरका प्रमुख टेकबहादुर राईका अनुसार घिसिङलाई आज दिउँसो २ बजेतिर पक्राउ गरिएको हो । रत्नपार्कबाट भैसेपाटी जाने बसमा चढेका पूर्वसांसद घिसिङले कलेज पढ्ने एक युवतीलाई दुव्र्यवहार गरेको आरोप छ ।

‘घिसिङले दुव्र्यवहार गरेपछि युवतीले प्रतिकार गर्न खोजेको थाहा भयो । बसका अन्य यात्रुले साथ दिएछन् । उनीहरुले बसबाटै प्रहरीलाई खबर गरेका थिए,’ राईले भन्नुभयो । घिसिङलाई अभद्र व्यवहार गरेकोमा मुद्दा चलाइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू