अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४८ | Colorodo: 08:03

बीपीको हस्तलिखित डायरी सार्वजनिक

बिआरटीनेपाल २०७६ भदौ २३ गते ९:४४ मा प्रकाशित

नेपाली कांग्रेसका संस्थापक नेता एवं प्रसिद्ध साहित्यकार बीपी कोइरालाको डायरी सार्वजनिक भएको छ। बीपी कोइरालाले २००८ सालदेखि २०१३ सालसम्म लेखेको हस्तलिखित डायरीलाई किताबको रुपमा शिखा पब्लिकेशनले प्रकाश गरेको हो ।

दिल्लीको नेहरु स्मारक सङ्गा्रहालयमा अप्रकाशित रुपमा रहेको डायरीलाई पदमबहादुर थापाले सम्पादन गरी प्रकाशनमा ल्याउनुभएको हो । डायरीमा बीपीले २००८ साल वैशाख २५ गतेदेखि २०१३ साल कात्तिक २७ गतेसम्म नियमति रुपमा लेख्नुभएको छ । डायरीमा कोइरालाले आफू पुगेको ठाउँ उल्लख गर्दै त्यस दिन आफूले के काम गरेको हो त्यसलाई छोटकरी रुपमा उल्लेख गर्नुभएको छ ।

कांग्रेस महामन्त्री एवं बीपी पुत्र सशांक कोइरालाले पुस्तकका रुपमा प्रकाशित भएको डायरीले तत्कालीन नेपाली राजनीतिको अवस्था, नेपालमा भारतीय राजनीतिकको प्रभाव, नेपाली कांग्रेसभित्रको अन्तरकहल, त्यतिबेलाको समाजको चित्र थाहा पाइने बताउनुभयो । उहाँले आफूलाई बुबाले पहिले पनि उत्कृष्ट बन्न सुझाव दिने गरेको स्मरण गर्दै अहिलको राजनीतिक अवस्थामा बीपीको आवश्यकता खड्किएको उल्लेख गर्नुभयो ।

त्यस्तै कांग्रेस नेता एवं बीपीका भतिज शेखर कोइरालाले डायरीबाट तत्कालीन समयमा राजा र भारतले नेपालको राजनीतिमा खेलेको भूमिका जान्न पाइने उल्लेख गर्नुभयो । विश्लेषक चन्द्रकिशोरले आफ्नो स्वार्थअनुसार बीपीले ब्यक्त गरेका विचार र सन्दर्भ जोड्ने अवस्थाको अन्त्य गर्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू