अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४० | Colorodo: 14:55

नादेज्दा कप महिला फुटबलः नेपाल उज्वेकिस्तानसित पराजित

बिआरटीनेपाल २०७६ भदौ २३ गते ९:३५ मा प्रकाशित

कीर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगितामा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । कीर्गिस्तानको काराकोलस्थित केन्द्रीय रंगशालामा सोमबार भएको दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग २–० गोलअन्तरले पराजित भएको हो ।

सोही मैदानमा हिजो आइतबार भएको पहिलो खेलमा नेपालले कीर्गिस्तानलाई ८–२ गोलले हराएको थियो । जितसँगै दुई खेल खेलेको उज्वेकिस्तानले अपराजित रहँदै ६ अंक बटुलेको छ । आइतबार भएको खेलमा उज्वेकिस्तानले ताजकिस्तानलाई १२–० गोलअन्तरले पराजित गरेको थियो ।

त्यस्तै, समान दुई खेल नै खेलेको नेपालको ३ अंक छ । नेपालले अब आफ्नो तेस्रो खेल मंगलबार ताजिकिस्तानसँग खेल्नेछ । नेपालले खेलको पहिलो हाफमा एक गोल खायो भने खेलको दोस्रो हाफमा पनि समान एक गोल नै खायो । उज्वेकिस्तानले खेलको ३४ र ५१औं मिनेटमा गोल गरेको थियो ।

नादेज्दा कपमा नेपालसँगै कीर्गिस्तान, उज्वेकिस्तान र ताजकिस्तान सहभागी छन् । लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि भिड्नेछन् । प्रतियोगिताको फाइनल खेल यही भदौ २६ गते हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू