अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५० | Colorodo: 11:05

काठमाडौँमा विद्युतीय बस सेवा सुरु

बिआरटीनेपाल २०७६ भदौ २३ गते ९:२९ मा प्रकाशित

काठमाडौँमा सोमबारदेखि विद्युतीय बस सेवा सुरु भएको छ । निजी कम्पनी सुन्दर यातायातले सुविधायुक्त विद्युतीय बस सञ्चालनमा ल्याएको हो । विद्युतीय बस सेवाको उद्घाटन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गर्नुभयो । संचालित बसमा ‘स्मार्ट यात्रा कार्ड’ लिएर यात्रा गर्दा २० प्रतिशत छुट पाइनेछ । केही दिनभित्रै थप २ वटा बसले काठमाडौँमा सेवा सुरु गर्ने जनाइएको छ ।

कम्पनीले अब नेपालमा विद्युतीय सार्वजनिक सवारीको युग सुरुआत भएको घोषणा गरेको छ । सुन्दरले हाल ल्याएका बस ब्याट्रीबाट चल्ने छन् । बिजुली बस चलाउन कम्पनीले रिंगरोडको रुट पाएको छ । कम्पनीले थप ११ वटा बस ल्याउन चिनियाँ कम्पनीसँग सम्झौता गरिसकेको छ । यो वर्षभित्रै २५ वटा बस काठमाडौंमा चलाउनका लागि ल्याइने कम्पनी अध्यक्ष भेषबहादुर थापाले जानकारी दिनुभयो । कम्पनीले प्रतिबस १ करोड ६२ लाख मूल्य खर्चिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू