अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१० | Colorodo: 00:25

प्रधानमन्त्री ओली र चिनियाँ विदेश मन्त्री वाङ यी बीच भेट, ३ वटा समझदारी पत्रमा हस्ताक्षर

बिआरटीनेपाल २०७६ भदौ २३ गते ९:२८ मा प्रकाशित

नेपाल भ्रमणमा रहनुभएका चिनियाँ विदेश मन्त्री वाङ यीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ । सोमबार दिउँसो परराष्ट्र मन्त्रिस्तरीय बैठक सकिएपछि विदेश मन्त्री यी प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुग्नुभएको थियो ।

प्रधानमन्त्रीसँगको शिष्टाचार भेटमा द्वीपक्षीय सम्बन्धका विषयमा कुराकानी भएको छ । यसअघि आजै नेपाल र चीनले तीन समझदारीमा हस्ताक्षर गरेका छन् । राजधानीको होटल याक एन्ड यतिमा भएको परराष्ट्र मन्त्रिस्तरीय बैठकमा ती तीन समझदारी पत्रमा हस्ताक्षर भएको हो । नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेश मन्त्री यीको उपस्थितिमा दुई देशका अधिकारीहरूले सम्झौता पत्र आदानप्रदान गरेका थिए ।

समझदारी अनुसार चीनले हिमाल पारीको जिल्ला मनाङमा ३५ करोड ६० लाख रुपैयाँ लगानीमा अस्पताल बनाउने भएको छ । त्यस्तै, चिनियाँ पक्षले आपतकालीन सेवाका लागि गृह मन्त्रालयलाई ५ हजार टेन्ट उपलब्ध गराउने समझदारीमा पनि हस्ताक्षर भएको छ ।

चीनले बाढी प्रभावित नागरिकलाई १ करोड ६० लाख रुपैयाँ सहयोग गर्ने समझदारी पनि भएको छ । नेपालमा उच्चस्तरीय भेटवार्तापछि वाङ मंगलबार नै स्वदेश फर्कने कार्यक्रम छ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू