अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३९ | Colorodo: 00:54

एनआरएनए जापानको अध्यक्षमा देवीलाल भण्डारी निर्वाचित, बर्तमान अध्यक्ष लामा पराजित

बिआरटीनेपाल २०७६ भदौ २२ गते ९:४५ मा प्रकाशित

गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा देवीलाल भण्डारी निर्वाचित हुनुभएको छ । एनआरएनए जापानको निर्वाचनको सम्पन्न मतगनणामा भण्डारी निर्वाचित हुनुभएको हो ।

उहाँले प्रतिस्पर्धी बर्तमान कार्यसमितिका अध्यक्ष टासी वाङदीलामालाई ३४ मतको अन्तरमा पराजीत गर्नुभएको छ । भण्डारीले ५ सय ८५ मत प्राप्त गरी बिजयी हुनुभएको छ भने लामाले ५ सय ५३ मत प्राप्त गर्नुभएको छ । अध्यक्षका प्रत्यासी रहेपनि किरण वर्माले उम्मेद्वारी फिर्ता लिनुभएको थियो ।

यसैगरी उपाध्यक्षमा अनिता गुरुङ, महासचिवमा जनकबिक्रम शाही र सचिवमा सचिन श्रेष्ठ निर्वा्चित हुनुभएको छ भने युवा संयोजकमा राम थापा निर्वा्चित हुनुभएको छ । सदस्यहरुमा राजेश खनाल, सुपेन्द्र घिसिङ, महेश कुमार, बाबुराम खराल कटवाल, डिलाराम गैरे, सिवु थापा, जीनकुमार गुरुङ निर्वाचित हुनुभएको छ । आइसीसि सदस्यलगायत अन्य केही पदहरुमा भने निर्बिरोध भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू