अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१३ | Colorodo: 01:28

कास्कीका संरक्षणविद् डा. गुरुङ अष्ट्रेलियामा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानीत

बिआरटीनेपाल २०७६ भदौ २२ गते ९:४४ मा प्रकाशित

कास्कीको सिक्लेसका संरक्षणविद् डा. हुमबहादुर गुरुङ लाई अष्ट्रेलियामा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानीत गरिएको छ । संरक्षण क्षेत्रमा डा. गुरुङले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा खेलेको भूमिकालाई अष्ट्रेलियाको ग्रिफित विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय एलम्नस अवार्ड २०१९ बाट सम्मानित गरिएको हो ।

विश्व विद्यालयमा अध्ययन गरिसकेको विश्वका १ सय ४५ देशका २ लाख जना अन्तर्राष्ट्रिय आलमुनस प्रतिस्पर्धाबाट गुरुङले यो अवार्ड पाउनुभएको हो । । अष्ट्रेलियाको ग्रिफित विश्वविद्यालयमा प्रदान गर्ने अवार्डबाट यस वर्ष कास्कीको मादी गाउँपालिका सिक्लेसका संरक्षणविद् गुरुङलाई अवार्डबाट सम्मान गरिएको हो । यो अवार्ड पहिलो पटक नेपालीले पाएका हुन् ।

डा. गुरुङले सहभागीता मुलक अनुसन्धान र समुदायमा आधारित पद्धतीहरु, वातावरण शिक्षा, दिगो विकास, जलवायु परिवर्तन, जैविक विविधता, दिगो पर्यटन व्यवस्थापनमा अध्ययन, अनुसन्धान गर्नुभएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पंछी संरक्षण संग लगायतका बिभिन्न संघ संस्था हुँदै डा. गुरुङ हाल बर्डलाईफ इन्टरनेशनल मलेशियाका क्षेत्रीय परियोजना अधिकृतको रुपमा कार्यरत हुनुहुुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू