अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३१ | Colorodo: 17:46

नेपाल १९ वर्षमुनिको एसिया कप क्रिकेटको सेमिफाईनलबाटै बाहिरियो

बिआरटीनेपाल २०७६ भदौ २२ गते ९:३२ मा प्रकाशित

एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेटमा बंगलादेशसँग ६ विकेटले पराजित भएपछि नेपाल समुह चरणबाटै बाहिरिएको छ । कोलम्बोको पी सारा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै दुई सय ६१ रन बनाएको थियो ।

नेपालका लागि ओपनर पवन सर्राफले सर्बाधिक ८१ रन बनाउनुभयो । त्यस्तै सन्दीप जोराले ३७ बलमा ५६ रन बनाउँदा, रित गौतमले ३१ रन बनाउनुभयो । जवाफमा बंगलादेशले ४९ ओभर २ बलमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

नेपाली बलरले बंगलादेशको सुरुवाती दुई विकेट लिएपनि त्यसपछि भने खासै चल्न सकेनन् । बलिङमा नेपालका कमलसिंह ऐरीले २ तथा रासिद खान र हरी चौहानले एक एक विकेट लिनुभयो । बंगलादेशका लागि कप्तान अकबर अलीले सर्बाधिक ९८ रन बनाउनुभयो । यसअघि आयोजक श्रीलंकासँग हारेको नेपाल आज बंगलादेश पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू