अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५० | Colorodo: 12:05

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा. गङ्गाप्रसाद उप्रेतीलाई अमेरिकामा सम्मान

बिआरटीनेपाल २०७६ भदौ २२ गते ९:३४ मा प्रकाशित

कुनै बेला वर्तमान प्रधानमन्त्री केपी ओलीलाई पनि पढाएका गुरु, त्रिभुवन विश्व विद्यालयमा ३५ वर्ष प्राध्यापक भएर काम गरेका नेपालका अग्रज लेखक, साहित्यकार, अन्तर्राष्ट्रिय कलाकार मञ्च केन्द्रीय समिति, अमेरिकाका सल्लाहकार, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा. गङ्गाप्रसाद उप्रेतीलाई मञ्चका अध्यक्ष रामप्रसाद खनालले अमेरिकामा स्वागत र मञ्चका तर्फबाट सम्मान समर्पण गर्नुभएको छ । सो अवसरमा अध्यक्ष खनालले अर्का साहित्यिक हस्ती चैतन्य सिटौलालाई पनि मञ्चका तर्फबाट मायाको चिन्ह प्रदान गर्नुभएको थियो । कुलपति उप्रेतीसँग नेपाली भाषा, कला, साहित्य, गीत सङ्गीतका विविध पक्षमा मञ्च र प्रज्ञा प्रतिष्ठानका बिचमा मिलेर सँगै काम गर्ने विषयमा पनि अध्यक्ष खनालले प्रस्ताव राख्नुभएको थियो । कुलपति उप्रेतीले नेपाली भाषा, कला, साहित्य, गीत सङ्गीत लगायतका विषयमा मिलेर काम गर्ने सन्दर्भमा आफू सधैँ सकारात्मक भएको बताउनुभयो ।

यसै बिच नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा. गङ्गाप्रसाद उप्रेतीले कुरा गर्दै आफूले उपकुलपति हुँदा होस प्रज्ञा प्रतिष्ठानको बागडोर सम्हाले यता ऐतिहासिक कामहरू गरेको बताउनु भएको छ । नौ सय त विविध साहित्यिक विधाका पुस्तकहरू मात्र प्रकाशन गरेको बताउँदै प्रज्ञा प्रतिष्ठानबाट विभिन्न विधा र पक्षमा पनि काम भएको छ भन्दै कामको फेहरिस्त बताउनुभएको छ ।

हेर्नुस् अन्तर्वार्ताको पूर्ण भिडियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू