अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२७ | Colorodo: 22:42

चन्द्रमामा भेटियो विक्रम ल्याण्डरको लोकेशन, तर अवस्था अज्ञात

बिआरटीनेपाल २०७६ भदौ २२ गते ९:३० मा प्रकाशित

भारतीय अन्तरिक्ष अनुसन्धान केन्द्र (इसरो) ले चन्द्रयान–२ ल्याण्डर विक्रम चन्द्रमाको सतहमा फेला पार्न सफल भएको छ । इसरोका अध्यक्ष डा. के सिवनले आइतबार चन्द्रमामा विक्रम ल्याण्डर अवतरण भएको स्थानमा पत्ता लागेको जानकारी दिनुभएको हो ।

अर्बिटरले ल्याण्डरको केही तस्विर (थर्मल इमेज) खिचेको छ । यद्यपि, अर्बिटरद्वारा लिइएको ल्याण्डरको तस्विर इसरोसम्म आइपुगेको छैन । विक्रमसँग सम्पर्क कायम गर्न अझै पनि प्रयास जारी रहेको छ । सिवनले ल्याण्डर अवतरण भएको पत्ता लागेपनि त्यो कुन अवस्थामा रहेको छ भन्ने अझै यकिन नभएको बताउनुभएको छ । उहाँले सम्भवतः हार्डल्यान्डिङ भएको तर ल्याण्डरमा क्षति पुगेको वा नपुगेको अझै स्पष्ट नभएको जिकिर गर्नुभयो ।

इसरो ७ सेप्टेम्बरमा अन्तरिक्ष विज्ञानमा इतिहास रच्ने नजिक थियो । तर, चन्द्रयान–२ को ल्याण्डर विक्रमको ल्याण्डिङभन्दा केही समय पहिला पृथ्वीसँग सम्पर्क टुटेको थियो । चन्द्रमाको दक्षिणी ध्रुवमा ल्याण्डर विक्रमको शनिबार बिहान भारतीय समयअनुसार १ बजेर ५३ मिनेटमा ल्यान्डिङ हुनुपर्ने थियो ।

लगत्तै सिवनले भारतीय मिसन ९९ प्रतिशत सफल भएको र अन्तिम चरणमा ल्याण्डरसँग सम्पर्क टुटेको बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू